भोटेकोशी बाढीको क्षति अवलोकन गर्न स्विट्जरल्यान्ड र जर्मन प्रतिनिधिमण्डल नेपाल आउँदै

भोटेकोशी बाढीको क्षति अवलोकन गर्न स्विट्जरल्यान्ड र जर्मन प्रतिनिधिमण्डल नेपाल आउँदै

बुधवार, कार्तिक १२ २०८३
बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौँ । भोटेकोशी बाढीले पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गर्न स्विट्जरल्यान्ड र जर्मनीका उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पिएर–आन्द्रे पेजको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल नोभेम्बर २ मा नेपाल आइपुग्नेछ। त्यस्तै, जर्मनीकी आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यमन्त्री बार्बेल कोफ्लर बुधबार चारदिने भ्रमणका लागि काठमाडौं आउने कार्यक्रम छ।

    दुवै प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै नेपाल सरकारका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्। उनीहरूको भ्रमणमा बाढीबाट भएको क्षति, प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका आवश्यकताबारे छलफल हुने जनाइएको छ।

    स्विस संसदीय प्रतिनिधिमण्डलमा राष्ट्रिय परिषद्का सदस्य रोलान्ड रिनो बुचेल, कोरिना ग्रेडिग र जर्जियो फोनियोसहित संसदीय सेवाका अधिकारीहरू सहभागी हुनेछन्। टोलीले सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुका साथै नुवाकोट पुगेर बाढीबाट भएको क्षतिको अवलोकन गर्नेछ।

    जर्मनीकी राज्यमन्त्री कोफ्लरको भ्रमणका क्रममा नेपाल र जर्मनीबीचको सहकार्य, महिला अधिकार, स्वास्थ्य तथा बाढीको प्रभावबारे छलफल हुनेछ। जर्मन दूतावासका अनुसार उनले नुवाकोट पुगेर स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र बाढी प्रभावित व्यक्तिहरूसँग भेटघाट गर्नेछिन्।

    जर्मनी सरकारले भोटेकोशी बाढीपछि नेपाललाई १ करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको थियो। कोफ्लरको भ्रमणबाट प्रभावित क्षेत्रको मानवीय अवस्था र पुनःस्थापनाका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ।

    यसका साथै उनले नेपालको विकासक्रम र चुनौतीबारे विभिन्न छलफलमा सहभागिता जनाउनेछिन्। छलफलमा गत वर्षका जेनजी प्रदर्शन र नेपालको संक्रमणकालीन न्यायका विषयसमेत समेटिने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij