काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्।
दुवै टोलीले प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै जित निकालेको थियो। यता, विराटनगर किंग्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
पहिलो खेल जितेको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रनेछ।