भारतको बिहारमा गंगा नदीमा डुंगा दुर्घटना, बालबालिकासहित १४ जनाको मृत्यु

भारतको बिहारमा गंगा नदीमा डुंगा दुर्घटना, बालबालिकासहित १४ जनाको मृत्यु

बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौ । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।

     दुर्घटना बुधबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिक भएको हो।

    डुंगामा २५ जनाभन्दा बढी सवार रहेको बताइएको छ। उनीहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको खबरमा उल्लेख छ।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी तथा प्रशासनको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो।

    घटनाप्रति बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij