अरूको नाममा रहेको सिम अनलाइनबाटै आफ्नो नाममा ल्याउन सकिने

अरूको नाममा रहेको सिम अनलाइनबाटै आफ्नो नाममा ल्याउन सकिने

मेगा टिभी नेपाल
शुक्रवार, पौष २५ २०८२
मेगा टिभी नेपाल
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सिम कार्डको स्वामित्व आफ्नै नाममा दर्ता गर्न मिल्ने अनलाइन केवाईसी अद्यावधिक सुविधा सञ्चालनमा ल्याएको छ । लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गर्दै आएका वा आफ्नो व्यक्तिगत विवरण अद्यावधिक नगरेका ग्राहकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।

    यस सेवासँगै अब सिम कार्डको स्वामित्व परिवर्तन गर्न वा विवरण सच्याउन टेलिकमको कार्यालय पुग्नुपर्ने झन्झट हटेको छ । कम्पनीले तयार पारेको अनलाइन फारममार्फत ग्राहकहरूले घरमै बसेर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij