काठमाडौँमा फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँमा फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

मेगा टिभी नेपाल
बुधवार, पौष ९ २०८२
मेगा टिभी नेपाल
बुधवार, पौष ९ २०८२
  • काठमाडौँ । नेपालको वैज्ञानिक र शैक्षिक क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आईसीटीपी २०२६० आयोजना हुने भएको छ।  रिसर्च एन्ड इनोभेसन सेन्टर नेपाल, नेपाल इन्जिनियरिङ कलेज र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको प्राविधिक सहयोगमा यो महत्त्वपूर्ण कार्यक्रम हुन लागेको हो। 

    ‘सुधारिएको र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनको अध्यक्षता चीनको नान्जिङ युनिभर्सिटीका प्रा।डा। विकास नकर्मीले गर्नेछन्। सन् २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौँको होटल हायात सेन्ट्रिकमा सञ्चालन हुने यस सम्मेलनले नेपालमा अनुसन्धान संस्कृतिको विकास गर्ने र विश्वव्यापी वैज्ञानिक समुदायमा नेपालको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ। सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका ख्यातिप्राप्त प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले मुख्य वक्ताको रूपमा सहभागिता जनाउनेछन्। यसमा १०० भन्दा बढी उच्च गुणस्तरका अनुसन्धान पत्रहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।

    सम्मेलनको अर्को मुख्य आकर्षण कोरियाको प्रख्यात विश्वविद्यालय काइस्ट द्वारा आयोजना गरिने ुग्लोबल डिजिटल इनोभेसन र प्रभावु सम्बन्धी विशेष कार्यशाला हो। यस कार्यशालामा विभिन्न देशका नीति निर्माता र सरकारी अधिकारीहरूले डिजिटल गभर्नेन्स, एआई रणनीति र सीमापार सहकार्यबारे छलफल गर्नेछन्। यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्नेछ।

    नेपालका प्रमुख विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग र नास्टजस्ता संस्थाहरूको समर्थन रहेको यस कार्यक्रमले फोटोनिक्स एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, नवीकरणीय ऊर्जा, रोबोटिक्स र डिजिटल गभर्नेन्स जस्ता विषयलाई प्रमुख ट्रयाकको रूपमा समेटेको छ। 

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij