एनपीएल : जनकपुरविरुद्ध टस जितेर काठमाडौंले रोज्यो ब्याटिङ

एनपीएल : जनकपुरविरुद्ध टस जितेर काठमाडौंले रोज्यो ब्याटिङ

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। खेलमा काठमान्डुले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    काठमान्डुका कप्तान करण केसीले अहिलेको परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा पहिले ब्याटिङ गरेर राम्रो योगफल खडा गर्नु उपयुक्त हुने ठानेर ब्याटिङ रोजेको बताएका छन्।

    काठमान्डु गोर्खाजले आजको खेलसँगै यस सिजनको यात्रा सुरु गर्दैछ। यता, अघिल्लो खेलमा पराजित भएको जनकपुर बोल्ट्स भने पहिलो जित निकाल्ने लक्ष्यमा छ।

    जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई भने प्लेइङ–११ मा समावेश नगरी बेन्चमा राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij