राष्ट्रसंघका महासचिव गुटेरेस र नेपाली राजदूत थापाबीच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र नेपाली राजदूत थापाबीच भेटवार्ता

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ। भेटमा नेपालमा हालै भएका विपत्तिपछि राष्ट्रसंघका विभिन्न निकायले पुर्‍याएको सहयोगका लागि राजदूत थापाले नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

    नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेरेसले विपत्तिबाट प्रभावितप्रति समवेदना व्यक्त गर्दै अन्तर्राष्ट्रिय सहकार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

    भेटका क्रममा गुटेरेसले अल्पविकसित राष्ट्रहरूको अध्यक्षका रूपमा विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सहजीकरण गर्न नेपालले खेलेको भूमिका र राष्ट्रसंघको पहिलो समितिको अध्यक्षलगायतका जिम्मेवारीमा गरेको योगदानको चर्चा गरेका थिए।

    उनले जलवायु परिवर्तनका विषयमा नेपालले उठाउँदै आएका आवाज तथा विश्व शान्ति र सुरक्षाका लागि नेपाली सेना र प्रहरीले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका थिए।

    भेटमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असर, विपत्तिबारे पूर्वसूचना दिने प्रणालीलाई प्रभावकारी बनाउने, जलवायुजन्य जोखिम सामना गर्ने क्षमता बढाउने र विश्वव्यापी जलवायु प्रयासलाई थप सशक्त बनाउने विषयमा छलफल भएको थियो।

    महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविर पुगेको प्रसङ्ग पनि स्मरण गरेका थिए। उनले त्यसबेला हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको विनाशकारी असरबारे विश्वको ध्यानाकर्षण गराएको बताएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij