काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपाको देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन्।
प्रहरीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ जाँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले खत्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरिएको जनाइएको छ।