भीमसेनथापाका शिक्षिका तारा पोखरेल सम्मानित, निरन्तर शतप्रतिशत नतिजा र उत्कृष्ट जी.पी.ए हासिल

भीमसेनथापाका शिक्षिका तारा पोखरेल सम्मानित, निरन्तर शतप्रतिशत नतिजा र उत्कृष्ट जी.पी.ए हासिल

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • ​गोरखा  l गोरखाको भीमसेनथापा गाउँपालिकास्थित श्री शान्ति माध्यमिक विद्यालयकी शिक्षिका तारा पोखरेल पालिका स्तरबाट विशेष सम्मानबाट सम्मानित हुनुभएको छ। शिक्षण पेशामा देखाएको उत्कृष्ट लगनशीलता, कडा परिश्रम र अनुकरणीय योगदानको कदर गर्दै गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो।

    ​शिक्षिका तारा पोखरेलले आफ्नो अध्यापन यात्रामा आफूले पढाउने विषयमा निरन्तर सन् १००५ देखि विद्यार्थी उत्तीर्ण गराउन सफलता हासिल गर्दै आउनुभएको छ। यसका साथै राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उहाँले अध्यापन गराउनुभएको विषयमा विद्यार्थीहरूले उत्कृष्ट जी.पी.ए (GPA) ल्याउन सफल भएका छन्।

    ​उहाँको प्रभावकारी शिक्षण शैली, विद्यार्थी केन्द्रित लगनशीलता र शैक्षिक गुणस्तरप्रतिको समर्पणले समग्र विद्यालय र पालिकाकै गौरव बढाएको छ। यस सफलताप्रति विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले खुसी व्यक्त गर्दै शिक्षिका तारा पोखरेललाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij